१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o८:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

केपी ओली कप : मच्छिन्द्र र एनआरटी फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४८:oo

दोस्रो केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्ने भएको छ । दशरथ रंगशालामा बिहीबार सम्पन्न सेमिफाइनलमा मच्छिन्द्र र एनआरटीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अन्तिम दुई स्थान पक्कागरेका हुन् । फाइनल खेल शनिबार हुनेछ । 

एनआरटीले जावलाखेल युथलाई ३–० ले हरायो । मच्छिन्द्रले भारतीय क्लब मानेभञ्ज्याङ क्लबलाई ५–० को फराकिलोअन्तरले हरायो । एनआरटीको जितमा सञ्जीव विष्टले दुई गोल गरेका थिए । एक गोल विवेक गुरुङले गरे । अर्को खेलमा मच्छिन्द्रका लागि विमल घर्तीमगर, स्टेफन समीर बिनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ र आयुश घलानले गोल गरेका थिए । एनआरटीले जावालाखेलविरुद्ध खेलको पाँचौँ मिनेटमा १–० को अग्रता लिएको थियो ।

एनआरटीलाई विवेकले अग्रता दिलाएका थिए । उनले रन्दीप पौडेलको क्रसमा गोल गरे । दोस्रो हाफको सुरुमै एनआरटी २–० ले अगाडि बढ्यो । यसपटक सञ्जीव विष्टले खेलको ५०औँ मिनेटमा एनआरटीलाई २–० को स्थितिमा राखे । उनले रिचर्ड विलियम्सको पासमा गोल गरेका थिए । खेलको ५७औँ मिनेटमा सञ्जीवले एनआरटीलाई ३–० ए को बलियो स्थितिमा राखे । फाइनल यात्राको क्रममा एनआरटीले थ्री स्टारलाई १–० ले हराएको थियो । 

ad
ad