१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १४:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सडकमा दुध बाँडेर विरोधमा उत्रिए काभ्रेका किसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १४:o६:oo

दुधको भुक्तानी माग गर्दै काभ्रेका किसानले विरोधस्वरूप सडकमै दुध बाँडेका छन्। अरनिको राजमार्गअन्तर्गत बनेपा चारदोबाटोमा आधा घण्टा चक्काजाम गर्दै किसानले सडक किनारामै दुध उमालेर गिलासमा राखी बाँडेका हुन्।

समयमै दुधको भुक्तानी नपाएको तथा गुणस्तरीय दुध बिक्रीमा पनि समस्या भएको भन्दै काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेड र विभिन्न राजनीतिक दलको संयुक्त आयोजनामा आधा घण्टा अरनिको राजमार्ग चक्का जाम गरिएको छ।

केही दिनअघि काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले जिल्ला प्रशासन कार्यालयमा दुधको भुक्तानी माग गर्दै ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै कृषक आन्दोलित भएका हुन्। काभ्रेका किसानले ५० करोड रुपैयाँभन्दा बढी दुधको भुक्तानी पाएका छैनन्।

ad
ad