१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:२२:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

विवाहको मौसम : बेहुली–बेहुलालाई यस्तो मेकअप 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२२:oo

- विवाहभन्दा एक हप्ताअघि बेहुलीको फेसियल गर्नु राम्रो हुन्छ । चिल्लो, सुक्खा वा मिश्रित छालाका लागि छुट्टा–छुट्टै फेसियल क्रिम पाइन्छन् । गोल्ड फेसियल र डाइमन्ड फेसियल प्रयोग गर्दा पनि राम्रो हुन्छ । 

- एक्ने स्किनका लागि एक्ने प्रोन फेसियल बजारमा पाइन्छ । मुख्यतः स्किनको बनावटअनुसार फेसियल क्रिम प्रयोग गर्नुपर्छ । जसले गर्दा ड्राई र ओइली छ भने पनि स्किनलाई स्मुथ बनाउन सघाउँछ । 

- विवाहको दिन मुख धोएपछि अनुहार सुक्खा पारेर स्किन प्रामइर र मोस्चराइजर लगाउनुपर्छ । मेकअप गर्दा मोस्चराइजर अनिवार्य लगाउँदा हुन्छ ।

- मोस्चराइजर लगाएको केहीछिनमा सनब्लक लगाउनुपर्छ । आँखातल डार्क सर्कल छ भने एल्लो कन्सिलरले छापिदिनुपर्छ । सनब्लक लगाएको केहीछिनमा प्राइमर लगाउनुपर्छ । प्राइमर लगाइसकेपछि आँखाको तल्लो भागमा डार्क सर्कल छ भने ओरेन्ज कलर कन्सिलर प्रयोग गर्नुपर्छ । 

- कलर कन्सिलरपछि फाउन्डेसन लगाउनुपर्छ । फाउन्डेसन कन्सिस्टेन्सी हाई भएको प्रयोग गर्नुपर्छ । ब्लस र हाइलाइटर लगाउनुपर्छ । 

- सेटिङ स्प्रेको सहायताले मेकअपलाई लक गर्नुपर्छ । 

- आइल्यासेस छुटाउनैहुँदैन । बजारमा बेहुलीको मेकअपका लागि विशेष आइल्यासेस पाइन्छन् । म्याच हुने खालको लगाउँदा हुन्छ । 

- स्किन प्रेप भइसकेपछि फाउन्डेसन लगाउनुपर्छ । ड्राई स्किन र ओइली स्किनको लागि छुट्टा–छुट्टै फाउन्डेसन पाइन्छन्, स्किनको बनावटअनुसार यसको प्रयोग गर्नुपर्छ । 

- आँखाको इनर कर्नरमा हल्का ग्लिटरी खालको र आउट कर्नरबाट डार्क सेट लिएर हाफकटक्रिज वा एल्लो लुक्सले टचअप गर्नुपर्छ । 

- लिपस्टिक राम्रो क्वालिटीको प्रयोग गर्नुपर्छ । बेहुलीलाई रेड कलरको लगाइदिने जसले मेकअप थप अकर्षक देखिन्छ । 

- गाजल लगाउन छुटाउनुहुँदैन । निधारमा टीका पनि लगाइदिँदा हुन्छ । 

हेयरस्टाइल : बेहुलीको हेयरस्टाइल अरूभन्दा भिन्न र आकर्षक हुनुपर्छ । फेसको बनावटअनुसार हेयरस्टाइल र जुरो बनाउनुपर्ने हुन्छ । जुरो बनाउँदा बेहुलीको शारीरिक उचाइ र अनुहारको सेपलाई आधार मान्नुपर्छ । अग्लो शरीर छ भने जुरो होचो खालको बनाउनुपर्छ । धेरै पफ उठाउनुहुँदैन । यसले बेहुलीको उचाइ मेन्टेन गर्छ । त्यस्तै, होचो कदकी बेहुलीलाई केही अग्लो जुरो बनाएर पफ माथि उठाइदिएपछि हाइट राम्रो देखिन्छ ।

नेलपोलिस : सामान्य नेलपोलिस आफैँ पनि लगाउन सकिन्छ । तर, बेहुलीले नेलपोलिस पार्लर वा मेकअप स्टुडियो गएर लगाउँदा राम्रो हुन्छ । अहिले जेलपोलिसको ट्रेन्ड पनि छ । जेलपोलिसमा तपाईंको इच्छाअनुसार नेल आर्ट गर्न पनि मिल्छ । तपाईंको नङ छोटो छ र तपाईंलाई लामो बनाउने मन छ भने एक्सटेन्सन पनि गर्न सक्नुहुन्छ । 

मेहन्दी : दुवै हातमा मेहन्दीको बुट्टा भर्नुपर्छ । बेहुला र बेहुलीको नाम लेख्ने चलन पनि छ । खुट्टामा पनि हेभी मेहन्दी लगाउने गरिन्छ । 

बेहुलाका लागि उपयुक्त मेकअप
- बेहुलालाई हेभी मेकअप गर्नुपर्दैन । मेकअपसम्बन्धी सामान्य जानकारी भएका व्यक्तिले आफ्नै घरमा बेहुलालाई सिँगार्न सक्छन् । 

- विवाहको केही दिनअघि फेसियल उत्तम उपाय हो । बेहुला वा अन्य पुरुषले पनि फेसियल गर्नुभन्दा एक वा दुई दिनअगाडि सेभिङ गर्नु राम्रो हुन्छ । सेभिङ गर्दा अनुहार काटिने तथा कोरिने सम्भावना हुने भएकाले केही दिनअगाडि गर्दा राम्रो हुन्छ । मेकअप गर्नुभन्दा एक दिनअगाडि आइब्रो मिलाउनुपर्छ । 

- बेहुलाको अनुहार सफा र चम्किलो बनाउनुपर्ने हुन्छ । त्यसका लागि ग्लो फेसियल गर्नुपर्छ । फेसियल गरेको केही घण्टापछि मेकअप गर्नु उत्तम हुन्छ । बेहुलाको मेकअप गर्दा अनुहारको रङअनुसार लाइट कभरेज फाउन्डेसन गर्नुपर्छ । 

- अनुहारमा दाद, पिम्पल, ओपन पोर्स भएकाले मेकअप प्राइमर प्रयोग गरी दाद छोप्ने कन्सिलर प्रयोग गर्नुपर्छ । यस प्रकारका कन्सिलर स्टिक वा पेन्सिल 
फर्ममा हुनुपर्छ ।

- हल्का फाउन्डेसन प्रयोग गरी त्यसमाथि छालाको रौँअनुसार ट्रान्ससेन्ट पाउडर प्रयोग गर्नुपर्छ । त्यसपछि पाउडर ब्रेन्डर ब्रसले पोलिस गर्दा राम्रो हुन्छ । त्यसपछि ट्रान्सपरेन्ट लिप ग्लस ओठमा लगाउनुपर्छ ।

- आँखामा हल्का गाजल लगाउन सकिन्छ । पुरुषले बेहुला हुँदा प्रायः टोपी लाउने प्रचलन छ । त्यसैले कपाललाई खासै धेरै मिहिनेत गर्नुपर्दैन । तर, टोपीबाहिर देखिने भागलाई भने जेन्स पार्लरमा गएर मिलाउनु राम्रो हुन्छ ।

ad
ad