१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o९:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

तत्कालीन सेन्चुरी बैंकका सिइओसहित १० कर्मचारी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o९:oo

थोरै धितोमा धेरै ऋण निकासा गरेको आरोपमा तत्कालीन सेन्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तुलसीराम गौतम, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ) मनोज न्यौपाने र असिस्टेन्ट जनरल म्यानेजर राजेश भण्डारीसहित १० कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । डिसिइओ न्यौपानेसहितको टोलीले देउराली सहकारीलाई एक अर्ब १४ करोड रुपैयाँ मूल्यबराबरको जग्गा धितो राखी दुई अर्ब ११ करोड ६५ लाख रुपैयाँ ऋण प्रवाह गरेको आरोप छ । 

गौतमसहित बैंकका कर्मचारीहरू, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत पनि पक्राउ परेका छन् । सेन्चुरी बैंक अहिले प्रभु बैंकमा गाभिएको छ ।

घटनाको अनुसन्धान नेपाल प्रहरीअन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गरिरहेको छ । सिआइबीका अनुसार डिसिइओ न्यौपानेसहितको टोलीले देउरालीलाई धितो मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार सात सय ७२ रुपैयाँ ऋण प्रवाह गरेको थियो । देउरालीका अध्यक्ष रवीन्द्र चौलागाईं पनि पुपर्क्षका लागि कारागारमा छन् । सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले न्यौपानेसहितको टोलीले देउरालीलाई कम धितोमा धेरै ऋण प्रवाह गरेको अनुसन्धानबाट खुलेको बताए । उनले भने, ‘ठगीबारे अनुसन्धान भइरहेको थियो । यही क्रममा तत्कालीन सेन्चुरी बैंकले देउरालीलाई धितोभन्दा करिब एक अर्बभन्दा बढी ऋण प्रवाह गरेको देखियो । ऋण प्रवाह गराउँदा न्यौपानेसहितको टोली सहभागी थिए । त्यसो हुँदा उनीहरूलाई पक्राउ गरिएको हो ।’

सेन्चुरी बैंक प्रभु बैंकमा गभिएसँगै तत्कालीन कर्मचारीहरू पनि प्रभुमा सोही पदमा समायोजित भएका थिए । सिइओ गौतम भने सेवा निवृत्त भएका थिए । सिआइबीका अनुसार सेन्चुरीले देउरालीलाई पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टिलरीको नाममा ऋण प्रवाह गरेको थियो । एसपी बोगटीका अनुसार बैंकबाट ऋण निकाल्न चौलागाईंले विभिन्न कम्पनी खडा गरेका थिए । 

ad
ad