टी–२० आई त्रिकोणीय शृंखलाको पहिलो म्याचमा टस जितेर नेपालविरुद्ध ब्याटिङ गरिरहेको नामिबिया सुदृढ अवस्थामा देखिएको छ ।
नामिबियाले पछिल्लो चार ओभरमा रनको वर्षा गरेको छ । एघारौँ ओभरसम्म नेपाली बलर प्रभावशाली देखिए पनि जान फ्रिलिंक आउट भएर क्रिजमा जान निकोल लोफ्ट इटन आएसँगै नामिबिया आक्रामक बनेको हो ।
इटनको आगमनसँगै ओपनर मलान क्रुगर पनि आक्रामक बनेका छन् । यी दुवैले २० बलमै ५४ रनको साझेदारी गरेपछि नामिबिया सुदृढ अवस्थामा पुगेको हो । यी दुवैले गुल्सन झा, कप्ता रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीलाई लगातार चौका र छक्का प्रहार गरेका छन् । गुल्सनले एकै ओभरमा तीन छक्का र रोहितले दुई छक्का खाइसकेका छन् ।