१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

प्यालेस्टाइनसँगको खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारीले दुई, रेखा पौडेल र गीता रानाले समान एक गोल गरे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:o८:oo

नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह ‘बी’को विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा चलिरहेको प्रतियोगिताको शनिबार समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो । जितसँगै नेपालले समूहको शीर्षस्थानमा रहेर अन्तिम चारमा पुगेको हो । नेपाल लगातार तेस्रो जितका साथ नेपालले नौ अंक बनाएको छ । 

प्यालेस्टाइनसँगको खेलमा नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारीले दुई गोल गरेकी थिइन् । यसैगरी, रेखा पौडेल र गीता रानाले समान एक गोल गरे । खेलको ४०औँ मिनेटमा नेपालले प्यालेस्टाइनको रक्षापंक्ति तोड्न सफल भयो । उत्कृष्ट फर्ममा रहेकी सावित्राले नेपाललाई १–० को अग्रता दिलाइन् । मध्यान्तरमा नेपालको रणनीति परिवर्तनसँगै खेलमा सुधार भयो । खेलको ५९औँ मिनेटमा रेखाले नेपाललाई २–० को स्थितिमा राखिन् । रेखाले व्यक्तिगत पहिलो गोलको गरेको केही मिनेटपछि सावित्राले सहज गोल अवसर चुकाइन् । उनले डिबक्सभित्रबाट प्रहार गरेको बल बारमा लागेको थियो । खेलको ७६औँ मिनेट सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा नेपाल ३–० को बलियो अवस्थामा पुग्यो । उनले रश्मिकुमारी घिसिङको पासमा गोल गरेकी हुन् । 

उनले यसअघिको खेलमा इराकविरुद्ध पाँच गोल गरेकी थिइन् । नेपाली फुटबल इतिहासमा ५० अन्तर्राष्ट्रिय गोल गर्ने उनी पहिलो खेलाडी हुन् । पुरुष फुटबलमा नेपालका लागि हरि खड्का र नीराजन रायमाझीले समान १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । प्यालेस्टाइनविरुद्ध नेपालले इन्जुरी समयको छैटौँ मिनेटमा प्राप्त पेनाल्टीमा गोल गरेको थियो । गीता रानाले प्यालेस्टाइनविरुद्ध ४–० का लागि गोल गरेकी हुन् । इन्जुरी समयमा सावित्रालाई डिबक्समा प्यालेस्टाइनी खेलाडीले लडाएपछि नेपालले पेनाल्टी पाएको हो । नेपालले अब सेमिफाइनलमा मंगलबार लेबनानको सामना गर्नेछ । अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता जोर्डन र प्यालेस्टाइनबीच खेल हुनेछ । 

ad
ad