१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार १o:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बागमतीमा आज सर्वदलीय बैठक बस्दै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:o१:oo

फागुन १५ गतेबाट सुरु हुने बागमती प्रदेश सभाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा आज दिनको २ बजे प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठक बस्दै छ । बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकको आह्वानमा बैठक आज दिनको २ बजे बस्न लागेको हो । 

उनले सर्वदलीय बैठकमा संसदीय समितिको सभापति चयन, प्रदेश सरकार र विपक्षी दलबीच भएको सहमति र आगामी प्रदेश सभाको कार्यसूचि तथा सदनलाई नियमित बिजनेस दिने विषयमा छलफल हुन सक्ने बताए ।

सभामुख भुवनकुमार पाठकले लामो समयदेखि बागमती प्रदेश सभाअन्तर्गतका समितिको सभापति चयन, प्रदेश सरकार र विपक्षी दलबीच बजेटका सम्बन्धमा भएको सहमति कार्यान्वयन र प्रदेश सभा बैठकलगायतका विषयमा विवाद कायम रहेकै अवस्थामा सर्वदलीय बैठक आह्वान गरेका हुन् ।

प्रवक्ता गुप्ताका अनुसार सर्वदलीय बैठकमा दलहरूबीच सहमति हुन नसकेको अवस्थामा प्रदेश सभाको आगामी फागुन १५ गते आह्वान भएको बैठकले निरन्तरता पाउने सम्भावना कम छ ।

उनले संसदमा पर्याप्त बिजनेस नरहेको र नयाँ विधेयक पनि दर्ता नभएको अवस्थामा सदनको व्यवस्थापन, कार्यसूची र मापदण्डहरू निर्माण गरी सबै दलको सहमति जुटाएर अघि बढ्ने तयारी सभामुख पाठकले गरेको बताए ।

‘संसदमा जम्मा चारवटा विधेयक छन् । त्यसमा पनि तीनवटा संसदीय समितिमा विचाराधीन अवस्थामा छन् भने एउटा सचिवालयमा दर्ता भएको छ । सर्वदलीय बैठकमा सहमति नबनेको खण्डमा ती विधेयकहरू अघि बढ्न सक्दैनन् र नियमित बैठक बस्ने अवस्था नबन्न सक्छ,’ प्रवक्ता गुप्ताले भने ।

विगत साढे ४ महिनादेखि प्रदेश सभा बैठक बस्न सकेको छैन भने संसद् नबस्दा संसदीय समितिहरूको नेतृत्व चयन, कानुन निर्माणलगायतका विषय अघि बढ्न सकेको छैनन् । गत असोज २२ गतेदेखि प्रदेश सभा बैठक बस्न सकेको छैन । २२ माघमा संसद्को बर्खे अधिवेशन अन्त्य गरिएको चार महिना पूरा हुँदा पनि सरकारले हिउँदे अधिवेशन आह्वान गर्न सकेको थिएन ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले फागुन १५ गते ३ बजेका लागि प्रदेशसभा बैठकको हिउँदे अधिवेशन आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेश सभाको तेह्रौँ अधिवेशन बैठक आह्वान गरेका हुन् । गत माघ ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन आह्वान गर्ने निर्णयसहित प्रदेश प्रमुख शर्मासमक्ष सिफारिस गरेको थियो ।

ad
ad