अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले मिटरब्याजपीडितहरूको आन्दोलनमा समर्थन जनाएको छ।
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मिटरब्याजपीडितको आन्दोलनमा समर्थन जनाएको हो।
‘तत्काल मिटरब्याजपीडितको समस्याप्रति गम्भीर बन्न र समाधानका लागि अविलम्ब पहल गर्न सरकारसँग जोडदार माग गर्दछौँ,’ संगठनका अध्यक्ष समिक बडालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।