Skip This
कार्यसम्पादन मूल्यांकनमा भरतपुर उत्कृष्ट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १० बिहीबार
  • Friday, 26 July, 2024
२o८o फाल्गुण १० बिहीबार o८:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कार्यसम्पादन मूल्यांकनमा भरतपुर उत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १० बिहीबार o८:४९:oo

कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । देशभरिका ६ महानगरपालिकाभन्दा भरतपुर उत्कृष्ट भएको हो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गत आर्थिक वर्ष ०७९/८० मा गरेको कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगर नै पहिलो भएको थियो । आयोगले दिएको जानकारीअनुसार भरतपुरले ५६ दशमलव २९ प्रतिशत अंक प्राप्त गरेको छ ।

त्यस्तै, काठमाडौं महानगरपालिकाले ३९ दशमलव ०२, वीरगन्ज महानगरपालिकाले ३३ दशमलव ४९, विराटनगर महानगरपालिकाले ३२ दशमलव ८५, ललितपुर महानगरपालिकाले २५ दशमलव १८ र पोखरा महानगरपालिकाले २० दशमलव ७४ प्रतिशत अंक पाएका छन् । 

आगामी आव ०८१/८२ मा संघीय सरकारबाट प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि आयोगले १० वटा सूचकका आधारमा प्रदेशहरूको मूल्यांकन गरेको छ । विभागले पालिकाले गरेको खर्च, बेरुजु, लेखापरीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे–नगरेको, राजस्वको विभाजन गरे–नगरेकोलगायतका सूचकमा मूल्यांकन गर्छ । आयोगले विषेश गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्यांकन गरी नतिजा प्रकाशित गर्छ ।