Skip This
रोमाञ्चक खेलमा नेपाललाई हराउँदै मलेसिया फाइनलमा, इल्सा हन्टरको साहसिक ब्याटिङ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १४:२३:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

रोमाञ्चक खेलमा नेपाललाई हराउँदै मलेसिया फाइनलमा, इल्सा हन्टरको साहसिक ब्याटिङ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १४:२३:oo

इल्सा हन्टरले अर्धशतकसहित उत्कृष्ट प्रदर्शन गरेपछि नेपाललाई चार विकेटले हराउँदै मलेसिया एसिसी महिला प्रिमियर कप २०२४ को फाइनलमा प्रवेश गरेको छ । 

अन्तिम ओभरमा सम्हालिन नसक्दा नेपाल पराजित हुन बाध्य भयो । अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक रहेका वेला कविता जोशी बल लिएर आएकी थिइन् । 

इल्साले उनको पहिलो बलमै चौका प्रहार गर्दै नेपालमाथि दबाब कायम गरिन् ।  दोस्रो बल डट हुन पुगेपछि खेलमा फर्कने नेपालको सम्भावना पनि कायम देखियो । तर, तेस्रो बलमा इल्साले पुनः चौका प्रहार गर्दै खेल मलेसियाको पक्षमा पारिन् । त्यसपछिको बलमा दुई तथा पाँचौँ बलमा एक रन लिएपछि एक बल बाँकी छँदै मलेसियाले खेल चार विकेटले जित्यो । 

५२ बल खेलेकी इल्सा ६ चौकाको मद्दतमा ६७ रन बनाई अविजित रहिन् । त्यसअघि लगातार अन्तरालमा विकेट गुमाएपछि मलेसियामाथि नेपाली बलर हाबी देखिएका थिए । 

मलेसियाले दुई रनको अवस्थामा पहिलो, नौ रनको अवस्थामा दोस्रो, ३६ रनको अवस्थामा तेस्रो तथा ७२ रनको अवस्थामा चौथो र पाँँचौँ विकेट गुमाएको थियो । त्यसपछि एकैपटक ९८ रनको अवस्थामा छैटौँ विकेट गुमायो । 

मलेसियाका अन्य कुनै पनि ब्याटरले राम्रो रन बनाउन सकेनन् । तर, इल्साले उत्कृष्ट खेलसहित नेपालको हातबाट जित खोसिन् । 

नेपालका लागि सीता रानामगर र कविता जोशीले समान दुई तथा कविता कुँवर, रुविना क्षेत्रीले एक–एक विकेट लिए । त्यसअघि पहिले टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय १५ रन बनाएको थियो । 

कप्तान इन्दु बर्माले ३७ बलमा २९, डोली भट्टले १३ बलमा दुई छक्काको मद्दतमा २३, कविता कुँवरले ३१ बलमा २३, रुविना क्षेत्रीले १८ बलमा २० रनको योगदान दिएका थिए । ओपनर सीता रानामगर १३ बलमा ६ रन बनाएर आउट भइन् भने कविता जोशीले सात बलमा दुई रन मात्र बनाइन् । 

मलेसियाका लागि महिराह इजाती इस्मालीले दुई तथा विनिफ्रेड धुरइसिंगमले एक विकेट लिइन् ।

ad
ad