१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ ७ सोमबार o६:१३:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पदयात्री र आरोहीले होटेल भरिभराउ

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार o६:१३:oo

मुख्य पर्यटकीय सिजन (वसन्तकालीन) भएकाले यतिवेला ग्रामीण क्षेत्रका साना होटेल/रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकले खचाखच छन् ।अहिले हिमाल आरोहण र पदयात्राका लागि मासिक एक लाख विदेशी पर्यटक भित्रिरहेका छन् । जसकारण होटेल अकुपेन्सी बढेको पाँचतारे होटेल मेरिएटका सञ्चालक शशीकान्त अग्रवालले बताए । 

मेरिएटका सञ्चालक अग्रवालका अनुसार हिमाल आरोहण र पदयात्राका लागि वसन्त ऋतु सुरु भएसँगै काठमाडौंका पाँचतारे होटेल ९० प्रतिशतसम्म अकुपेन्सीमा चलिरहेका छन् । सामान्ययता, होटेलका ७० प्रतिशत कोठा भरिएको खण्डमा राम्रो मानिन्छ ।

व्यवसायीका अनुसार प्रमुख पदमार्ग क्षेत्रका होटेलमा भने तुलनात्मक रूपले बढी चाप परेको छ । मुक्तिनाथ आउजाउ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको लर्को नै चलिरहेको छ । सगरमाथाको बेसक्याम्पमा वास बसिरहेका आरोहीले प्रयोग गरेका विभिन्न रंगका टेन्ट टाँगिएको दृश्य मनमोहक देखिएको सेभेन समिट टे«क्सका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिए । आरोहीहरू सगरमाथा चढ्ने उपयुक्त मौसमको पर्खाइमा बेसक्याम्पमा छन् । आरोहणका लागि आइसफल डाक्टरले चौथो शिविरसम्म रोप फिक्सिङ गरिसकेको शेर्पाले जानकारी दिए । 

आङछिरिङ शेर्पा, पर्यटन व्यवसायी
अहिले ट्रेकिङ र आरोहणको सिजन हो । खुम्बुका होटेलहरू पर्यटकले भरिभराउ छन् । अहिले सगरमाथा निकुञ्जभित्र मात्रै ६ सय होटेल पुगेका छन् । विदेशी मात्र होइन, नेपाली पनि उत्तिकै जान थालेका छन् । 

सहरका पाँचतारे र पदमार्ग क्षेत्रका होटेलहरू राम्रो चले पनि देशभरिका होटेलको औसत अकुपेन्सी भने एकतिहाइ मात्र रहेको होटेल एसोसिएसन अफ नेपाल (हान)का अध्यक्ष विनायक शाहले बताए । ‘अहिले पर्यटक केही मात्रामा बढेका छन्, सँगसँगै होटेलको संख्या पनि उत्तिकै बढेको छ,’ उनले भने, ‘हाम्रा होटेलको क्षमता मासिक तीन लाख पर्यटकलाई सेवा दिन सक्नेछ, तर पर्यटक भने मासिक एक लाख हाराहारी आइरहेका छन् ।’ यद्यपि, विगतको तुलनामा पर्यटकले होटेलको अकुपेन्सीमा केही वृद्धि भएको उनको भनाइ छ । 

अहिले खुम्बु पदमार्गमा पर्ने लुक्लादेखि गोरकसेपसम्मका होटेल पनि पर्यटकले भरिएका छन् । अन्नपूर्ण सर्किटमा पर्ने होटेल तथा रिसोर्ट खचाखच छन् । माउन्टेन फ्लाइटमार्फत तीब्बतको कैलाश मानसरोवर दूरदर्शन गर्न आएका भारतीय पर्यटकका कारण नेपालगन्जका ठूला होटेलहरू भरिभराउ भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा), बाँके शाखाले जनाएको छ ।

ठूला होटेलमा रहेका क्यासिनोसमेत राम्ररी चलेका छन् । कुनै समय विदेशी मात्र देखिने खुम्बु र अन्नपूर्णका पदमार्गमा नेपाली धेरै भेटिन थालेका छन् । पोखरा, चितवन, रारा, अन्नपूर्ण सर्किट, खुम्बु क्षेत्र, इलाम, डाँडाकाँडा र नदी–किनारमा खुलेका होटेल तथा रिसोर्टमा विदेशीभन्दा नेपाली धेरै देखिन थालेको नेपाल माउन्टेनियरिङ एसोसिएसनका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए ।
 

ad
ad