१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ३ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ३ बिहीबार १o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपाल चिया विकास निगमले पायो अन्तर्राष्ट्रिय पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ३ बिहीबार १o:४६:oo

नेपाल चिया विकास निगम लिमिटेड अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ । चीनमा भएको प्रतियोगितामा निगमको कन्याम चियाबगानले उत्पादन गरेको चियाले सन् २०२३ को उत्कृष्ट चियाको रूपमा स्वर्ण पदक विजेता भएको हो । 

निगमले झापा र इलाममा रहेको आफ्नै सातवटा चियाबगानबाट उत्पादित चिया नेपालीमाझ निकै नै लोकप्रिय तथा अन्तर्राष्ट्रियस्तरमै चिरपरिचित टोकला चियाको उत्पादन तथा बिक्री–वितरण गरिरहेको जनाएको छ । कम्पनीका अनुसार यस पुरस्कारले नेपाली चियालाई अन्तर्राष्ट्रिय बजारमा थप चिनाउन र प्रवद्र्धन गर्न निकै ठूलो टेवा दिनेछ ।

नेपाल चिया तथा कफी विकास बोर्डको आयोजना तथा उद्योग वाणिज्य संघ चितवन, होटेल व्यवसायी संघ चितवन तथा भरतपुर महानगरपालिकाको सहआयोजनामा भएको नेपालमा उत्पादित चियाको बृहत् प्रदर्शनी तथा टी टेस्टिङ कार्यक्रममा चीनमा स्वर्ण विजेता बनेको नेपाल चिया विकास निगमका कार्यकारी अध्यक्ष सुभाषचन्द्र संघाईले सम्मानित गरेको जनाइएको छ । 

ad
ad
ad
ad