१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार २o:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारका मुख्यसचिव र सचिवहरूसँग एमाले नेतृत्वको छलफल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार २o:o२:oo

एमालेले १ पुसमा सम्पन्न झुलाघाट–चिवाभञ्याङ : समृद्धिका लागि संकल्प यात्रापछि बुझाएको ज्ञापनपत्रबारे बुधबार मुख्यसचिवसहित सचिवहरूसँग छलफल गरेको छ। 

सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा भएको छलफलमा उपाध्यक्ष विष्णु पौडेलसहित एमाले प्रतिनिधिमण्डलले मुख्यसचिव बैकुण्ठ अर्याल र सचिवहरूलाई ज्ञापनपत्रका मागलाई सम्बोधन गर्ने गरी बजेट तय गर्न ध्यानाकर्षण गराएको छ।

संकल्प यात्रा सकिएपछि अध्यक्ष केपी ओलीसहित उच्चस्तरीय प्रतिनिधिमण्डलले ९ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको थियो। 

सो ज्ञापनपत्र कार्यान्वयनका लागि अनुगमनको सिलसिलामा आज सिंहदरबारमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरू र प्रतिनिधिहरूसँग महत्त्वपूर्ण छलफल भएको उपाध्यक्ष पौडेलले जानकारी दिए। एमालेले ज्ञापनपत्रको माग कार्यान्वयनका लागि संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष पौडेललाई दिएको छ।

ad
ad