मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २ बुधबार
  • Wednesday, 05 February, 2025
२o८o फाल्गुण २ बुधबार o८:३६:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

स्वास्थ्य बिमा महानगरवासीलाई उपहार दिएबराबर हो : मेयर महर्जन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २ बुधबार o८:३६:oo

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वास्थ्य बिमा महानगरवासीका लागि उपहार दिएबराबर भएको बताएका छन् । यल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन समारोहमा उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यले नागरिकलाई उत्कृष्ट सेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘पाटन अस्पतालसँगको सहकार्यले कोभिडको समयमा उत्कृष्ट काम गर्न सक्यौँ, अब मुलुककै लागि उदाहरणीय बन्ने गरी स्वास्थ बिमामार्फत उपचार सेवाको काम अगाडि बढ्नेछ भन्ने विश्वास छ, अबको विकास भनेको स्वास्थ्य र शिक्षा नै हो, स्वास्थ्य बिमा महानगरवासीलाई उपहार दिएबराबर हो ।’

उनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापनमा सञ्चालन हुने गरी स्वास्थ्य बिमा कार्यक्रममा उपचार सेवा प्रदान गर्न स्थापना गरिएको यल स्वास्थ्य सेवा केन्द्रमा कमी–कमजोरी आउन नदिने बताए । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजेशलाल डंगोलले स्वास्थ्य बिमा कार्यक्रममार्फत प्रवाह हुने सेवाले नागरिकको खर्च घटाउन र रोगका कारण ऋणको भारी बोक्नुपर्ने अवस्था अन्त्य गर्न मद्दत गर्ने धारणा राखे ।