Skip This
स्थानीय तहले जति अधिकार पनि पाएन प्रदेशले : मुख्यमन्त्री यादव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २७ शनिबार
  • Saturday, 27 July, 2024
सौरभ यादव राजविराज
२o८o माघ २७ शनिबार १८:४७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्थानीय तहले जति अधिकार पनि पाएन प्रदेशले : मुख्यमन्त्री यादव

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८o माघ २७ शनिबार १८:४७:oo

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले स्थानीय तहमा भएको अधिकार जति पनि प्रदेश सरकारलाई नरहेको बताएका छन्।

शनिबार जनता समाजवादी पार्टी सप्तरीले बोदेबरसाइनमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा भएको अधिकार जति पनि प्रदेश सरकारलाई नरहेको गुनासो गरेका हुन्।

प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा प्रधानमन्त्रीले छलफल नै नगरी केही विषय निर्णयका लागि राख्दा आफूहरूले अस्वीकार गरेको उनले बताए।

संघीयताको पूर्ण कार्यान्वयन र प्रदेश सरकारलाई अधिकार दिने विषय पटक-पटक संघीय सरकारलाई ध्यानाकर्षण गराए पनि ध्यान नदिएको मुख्यमन्त्री यादवको आरोप थियो।

सो कार्यक्रममा मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसादसिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरे।