मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धप्रसादसिंह यादव जनता समाजवादी पार्टी प्रवेश गरेका छन्।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४(ख)बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद अनिरुद्ध शनिबार बोदेबरसाइन नगरपालिका– ५ मा आयोजित एक कार्यक्रमबीच जसपा प्रवेश गरेका हुन्।
उनलाई जसपाका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संयुक्त रूपमा पार्टीमा प्रवेश गराएका हुन्।