१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o९:११:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

मेरो अटो राइड–२०२४ आजदेखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:११:oo

आन्तरिक पर्यटन प्रवद्र्धनमा मोटरसाइकल राइडरलाई जोड्ने लक्ष्यसहित शुक्रबार ‘मेरो अटो राइड–२०२४’ सुरु हुँदै छ । दुई दिनसम्म चल्ने राइडमा विभिन्न क्षेत्रमा कार्यरत ‘प्रोफेसनल’हरू सहभागी हुने आयोजकले जनाएको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनलाई जोड दिने र प्रोफेसनलमा राइडिङ कल्चरको विकास गर्ने उद्देश्यसहित हुन लागेको राइडमा करिब २५ वटा मोटरसाइकल सहभागी हुने बताइएको छ । ‘हामी पर्यटन प्रवद्र्धनका लागि प्रोफेसनलहरूलाई पनि टुरिजममा जोड्नुपर्छ भन्ने सोचसहित राइड गराउँदै छौँ,’ कार्यक्रम संयोजक हरि गजुरेलले भने, ‘यस कार्यक्रममा सहभागी हुनेहरूले आफ्नो आँखैअगाडि सर्वोच्च शिखर सगरमाथालगायत हिमाल देख्न पाउनेछन् ।’ 

काठमाडौंको नक्सालमा रहेको बाइकर्स क्याफेबाट सुरु हुने राइड धुलिखेल–खुर्कोट–घुर्मी–ओखलढुंगा हुँदै सोलुखुम्बुको पताले बजारसम्म पुग्नेछ । मेरो अटोले विगत वर्षमा चारपांग्रे कार/जिपको र्‍याली गर्दै आएकोमा यस वर्षदेखि दुईपांग्रे मोटरसाइकल राइड पनि सुरु गरेको हो ।

ad
ad