१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
मोहन विष्ट कञ्चनपुर
२o८१ बैशाख २२ शनिबार २१:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सहिद गोविन्द गौतमको परिवारलाई आर्थिक सहयोग

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार २१:o६:oo

सहिद गोविन्द गौतमको परिवारलाई आर्थिक सहयोग गरिएको छ। नेपाली चलचित्र काँडेतार उत्पादन कम्पनीले सहिद गौतमको परिवारलाई आर्थिक सहयोग गरेको हो। 

सामना फिल्मस् प्रालिले उत्पादन गरेको चलचित्र काँडेतारका निर्देशक नवल खड्काले कञ्चनपुरको पुनर्वास नगरपालिका– ४ स्थित सहिद गौतमको परिवारलाई आर्थिक सहयोग गरेका हुन्। काँडेतारका निर्देशक खड्काले सहिदका बाबु खेमलाल गौतमलाई नगद ५० हजार रुपैयाँ हस्तान्तरण गरे। 

खड्काले सहिद गोविन्दको सालिकमा माल्यार्पण गर्दै सहिदको परिवारको सम्मानका लागि केही रकम सहयोग गरेको बताए। काँडेदार फिल्म आगामी २५ फागुनदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदै छ। 

२६ फागुन ०७३ सालमा भारतीय सुरक्षाफौजको गोली लागेर गोविन्दको ज्यान गएको थियो। काँडेतार फिल्म भारतीय विस्तारवाद र भारतीय पक्षबाट नेपाली भूमि अतिक्रमणदेखि हस्तक्षेपमा आधारित छ। 

ad
ad