१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार २o:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अपहरणमा परेका थप ४ जना बालबालिकाको उद्धार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार २o:४६:oo

चीनमा अपहरणमा परेका चार बालबालिकाको लामो समयपछि उद्धार गरिएको छ।

हुबेई र ग्वाङडोङ प्रान्तमा प्रहरीले फेला पारेका ती चार बालबालिका बिहीबार आफ्ना परिवारसँग पुनर्मिलन भएको सार्वजनिक सुरक्षा मन्त्रालयले जनाएको छ।

ती बालबालिका सन् २००२ र २००३ को बीचमा हुबेईमा वाङ हाओवेनलगायत संदिग्ध व्यक्तिहरूले अपहरण गरेका ११ बालबालिकामध्येका चारजना हुन्। 

वाङलाई पहिलोपटक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो र अहिले दोस्रोपटक मुद्दा चलिरहेको छ।

मन्त्रालयका अधिकारीले जनाएअनुसार चीनमा बालबालिकाको अपहरण वा लुटपाटका मुद्दाहरूको संख्या घटेर वार्षिक १० भन्दा कम भएको छ। र, साथै सबै मुद्दा छोटो अवधिमा समाधान भएको छ। (रासस-सिन्ह्वा)

ad
ad