त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)मा आन्तरिक यात्रुहरूको आगमन र प्रस्थानका लागि छुट्टाछुट्टै टर्मिनल भवन निर्माण भएका छन्।
गत बुधबारदेखि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्रतिघन्टा चार सय यात्रु ह्यान्डल गर्न सकिने क्षमताको अराइभल टर्मिनल सञ्चालनमा ल्याएको हो।
अहिलेसम्म टिआइएको आन्तरिक सेवातर्फ डिपार्चर टर्मिनल मात्र थियो। अराइभल टर्मिनल नहुँदा पुरानो भवनको छेउमा एउटा कन्भेयर बेल्ट मात्र राखेर आन्तरिक यात्रुलाई सेवा दिइएको थियो।
तस्बिरहरू :