मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ २३ बुधबार २१:o९:oo
Read Time : < 1 मिनेट
प्रदेश

कांग्रेस लुम्बिनीको सचेतकमा श्रेष्ठ नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार २१:o९:oo

कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ नियुक्त भएकी छिन्। संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले श्रेष्ठलाई सचेतक पदमा नियुक्त गरेको जानकारी दिए। 

बुधबार श्रेष्ठलाई नियुक्त गरिएको हो। श्रेष्ठ प्युठान जिल्लाबाट समानुपातिक सांसदमा निर्वाचित भएकी हुन्। 

यसअघि प्युठानकै नीमा गिरी सचेतक थिइन्। उनले राजीनामा दिएपछि दल नेता चौधरीले श्रेष्ठलाई नियुक्त गरेका हुन्।