१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १४:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धनका नाममा कांग्रेसको लोकतान्त्रिक चरित्र गुम्न दिनुहुँदैन : नैनसिंह महर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १४:३९:oo

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले आफ्नो लोकतान्त्रिक चरित्र गुम्न दिन नहुने बताएका छन्।

कांग्रेस चितवनका नेताहरूसँग शनिबार भएको भेटघाटमा नेता महरले गठबन्धनका नाममा अहिले भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाइरहेको टिप्पणी गरे।

‘कांग्रेस मुलुकको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टी हो। लोकतान्त्रिक चरित्रकै कारण मुलुक अप्ठ्यारोमा पर्दा सधैँ कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ। तर, गठबन्धनका नाममा भइरहेको राजनीतिक अभ्यासले दलीय र लोकतान्त्रिक अभ्यास कमजोर हुन्छ। यसतर्फ कांग्रेस चनाखो बन्नैपर्छ,’ महरले भने।

गठबन्धन गरिसकेपछि जनतामा आशाको ज्योति छर्न सक्नुपर्नेमा त्यो हुन नसकेको उनले बताए। गठबन्धनले जनतामा आशाभन्दा धेरै निराशा बढेको उनको दाबी छ।

‘गठबन्धनको काम र यो खालको राजनीतिक अभ्यासप्रति जनता सन्तुष्ट छैनन्। हामीले देश र जनताका लागि राजनीति गर्ने हो। त्यसैले, जनभावनाअनुरूप दलहरू अगाडि बढ्नुपर्छ,’ उनले भने।

गठबन्धन जनताको लागिभन्दा पनि केही निश्चित नेताहरूको लाभका लागि भइरहेको महरको आरोप छ। अब कांग्रेसले एक्लै चुनाव लड्नुपर्ने उनको भनाइ छ।

ad
ad