१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार १८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुईदिने ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १८:o९:oo

साइकल सिटी भैरहवाले गौतम बुद्धको जन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थलहरूलाई समेटेर ‘बुद्ध ज्ञान साइकल यात्रा’ सुरु गरेको छ।

गौतम बुद्धसँग जोडिएका रुपन्देही, कपिलवस्तु र नवलपरासी क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शुक्रबारदेखि दुईदिने साइकल यात्रा सुरु गरिएको संस्थाका अध्यक्ष सूर्यकुमार सारू मगरले बताए।

यात्रामा एक चिनियाँ, १७ भारतीय, १६ जना महिला, दुईजना १४ वर्षमुनिका सहित देशभरका विभिन्न सहरबाट गरी दुई सय २० भन्दा बढी साइक्लिस्ट सहभागी रहेका कार्यक्रम संयोजक दिनेशमान अमात्यले जानकारी दिए।

शुक्रबार बिहान भैरहवाको बुद्धचोकबाट सुरु भएको यात्रा नवलपरासीको रामग्राम, रुपन्देहीको देवदह, निग्लिहवामा पुग्नेछ भने दोस्रो दिन तिलौराकोट, सग्रहवा, कुदान, गोटिहवा, लुम्बिनी हुँदै भैरहवा आएर यात्रा समापन हुने साइकल सिटी भैरहवाका अध्यक्ष मगरले बताए।

आन्तरिक र बाह्य पर्यटकको नजरमा लुम्बिनीबाहेकका अन्य स्थान सधैँ ओझेलमा परेको हुनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट साइक्लिस्टहरूलाई सहभागी गराएर साइकल यात्रा गराएको उनले बताए।  हरेक वर्ष हुने यस कार्यक्रममा आगामी दिनमा बौद्ध मुलुकका साइक्लिस्टलाई सहभागी गराएर कार्यक्रम गर्ने साइकल सिटी सिद्धार्थनगरका सहसचिव राजेश खरेलले बताए।

भैरहवाको बर्मेलिटोलबाट सुरु यात्राको लुम्बिनी प्रदेश सरकारका सामाजिक विकासमन्त्री सिके गुप्ताले उद्घाटन गरेका थिए। यात्रामा सहभागी साइक्लिस्टहरूलाई मन्त्री गुप्ता, सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खानले नेपालको झन्डा र बौद्ध झन्डा हल्लाएर बिदाइ गरेका थिए। सहभागीले शनिबार मायादेवी मन्दिरको अवलोकन गरी भैरहवा फर्किएपछि यात्रा समापन गरिनेछ। 

ad
ad