१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
मुख्य समाचार डिजिटल संस्करण

सुनील र विकल पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:४४:oo

नेपाल टेलिकमका निलम्बित प्रबन्ध–निर्देशक सुनील पौडेल र सुरक्षित मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेललाई थप सात दिन अनुसन्धानका लागि म्याद थप गरेको छ।

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा विकल पौडेल र सुनील पौडेलमाथि अनुसन्धान गर्न विशेष अदालतले थप सात दिनको अनुमति दिएको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो बुधबारबाट लागू हुने गरी माघ १७ गतेसम्मका लागि म्याद थपको अनुमति दिएको हो।

नेसनल पेमेन्ट गेटवे खरिदको २३ करोड २७ लाख ५८ हजार घोटाला मुद्दा विशेष अदालतमा विचाराधीन रहेकै अवस्थामा उनीहरूविरुद्ध अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा छानबिन गरिरहेको छ।

याे पनि पढ्नुहाेस् : नेपालमा भ्रष्टाचार, सिंगापुरमा नियुक्ति र अमेरिकामा पिआर

ad
ad