१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
२o८१ बैशाख १९ बुधबार o८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पट्टा भाँचिँदा दाङमा बस दुर्घटना, दुईजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o८:१६:oo

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३ –०१००५ ख ९७१९ नम्बरको बस दाङ लमही नगरपालिका– ९ रिहारनजिकै दुर्घटना हुँदा बसमा सवार बर्दिया गेरुवा गाउँपालिका– १ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठका अनुसार आइतबार राति दुर्घटना हुँदा मृत्यु भएका दुईजनाको शवलाई लमही अस्पतालमा राखिएको छ । अन्य दुईजना घाइते भएका छन् ।

बसमा ४७ जना सवार रहेका थिए । बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । अगाडि बसेका व्यक्ति हुत्तिएर च्यापिन पुगेकाले दुईजनाकाे मृत्यु भएकाे  प्रहरीले जनाएको छ ।
 

ad
ad