मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ७ आइतबार
  • Thursday, 19 December, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o माघ ७ आइतबार १५:५८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भीमदत्त नगरपालिकाको स्थापना दिवसमा विभिन्न व्यक्ति तथा संस्था सम्मानित

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o माघ ७ आइतबार १५:५८:oo

कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँचौँ स्थापना दिवस मनाएको छ। आइतबार एक कार्यक्रमबीच नगरपालिकाले स्थापना दिवस मनाएको हो।

नगरपालिका ४६औँ वर्षमा प्रवेश गरेको अवसरमा उत्कृष्ट कर्मचारीदेखि विभिन्न विधामा सामाजिक काम गरेका व्यक्तित्वलाई पुरस्कार प्रदान गरिएको छ।

भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले विभिन्न १४ विधामा पुरस्कारसहित सम्मान गरिएको बताए। पत्रकार लक्ष्मी जोशीलाई रामबहादुर चन्द पत्रकारिता पुरस्कार, समाजसेवी कल्पना केसीलाई सहिद दशरथ चन्द लोकतन्त्र पुरस्कार, किसान जगन्नाथ रानालाई सहिद भीमदत्त पन्त किसान पुरस्कार, समाजसेवी भवानीदत्त जोशीलाई सहिद गोविन्द गौतम सीमा सुरक्षा पुरस्कार र कलाकार लालबहादुर धामी (अछामी बड्डा)लाई पहलमानसिंह स्वाँर साहित्य पुरस्कार प्रदान गरिएको छ।

यसैगरी, आकाश सैजुवाललाई बाकावीर खेलकुद पुरस्कार, पूर्वशिक्षक नरेन्द्र भण्डारीलाई द्वारिकादेवी ठगुरानी शिक्षा पुरस्कार, सुदूरपश्चिम विश्वविद्यालय इन्जिनियरिङ संकायका डिन ई. किसनदत्त भट्टलाई विज्ञान प्रविधि पुरस्कार, समाजसेवी रवीन्द्र सुनारलाई असहाय सेवा पुरस्कार, धूम्रपान निषेधका अभियन्ता मदन चन्दलाई वातावरण संरक्षण पुरस्कार, व्यवसायी जयप्रकाश अग्रवाललाई उत्कृष्ट करदाता पुरस्कार प्रदान गरिएको मेयर बोगटीले जानकारी दिए।

विद्यार्थी ललित सार्कीलाई एनडी प्रकाश चटौत युवा प्रतिभा पुरस्कार र ब्रह्मदेवको सिद्धनाथ सामुदायिक वन उपभोक्ता समूहलाई प्रेमसिंह धामी प्राकृतिक सम्पदा संरक्षण पुरस्कार प्रदान गरिएको छ।

यसका साथै कुचीकारदेखि अधिकृतसम्मका सेवानिवृत्तदेखि बहालवाला कर्मचारीहरूलाई समेत पुरस्कारसहित सम्मान गरिएको थियो। सेवानिवृत्त ई. गोरखबहादुर सिंह, खरिदार चेतराम पनेरूलाई नगरपालिकाले सम्मान गरेको छ।