१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १७:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

दुईदिने करदाता शिक्षामूलक क्लिनिक सञ्चालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १७:२५:oo

नयाँ बानेश्वर सेन्टर (एनबी सेन्टर) काठमाडौंमा करदाता शिक्षामूलक क्लिनिक सञ्चालन गरिएको छ। पौष २७ र २८ गते सञ्चालन गरिएको दुईदिने क्लिनिकमा विभिन्न व्यवसाय गर्ने ८३ करदाताका समस्या बुझ्ने र तत्कालै समाधान गर्ने नयाँ पद्धति अवलम्बन गरिएको थियो।

करदाताहरुलाई बिलिङ गर्ने तरिका, कारोबारको अभिलेख राख्ने तरिकालगायत कर कानुनबमोजिम परिपालना गर्नुपर्ने विषयमा करदाता शिक्षा प्रदान गरिँदा करदातामैत्री व्यवहारको अनुभूति भएको करदाताहरूले प्रतिक्रिया दिएका थिए।

क्लिनिकमा नयाँ बानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नवीन लुइँटेलसहित कार्यसमितिका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। उक्त क्लिनिकमा प्रमुख कर अधिकृत गोविन्दराज आचार्यसहित कर अधिकृत एवं नायब सुब्बाहरूले प्रत्येक करदाताका कर सम्बद्ध समस्या बुझेर समाधानका लागि सहजीकरण गरेका थिए।

सो क्रममा करदाताहरूबाट सुझाव तथा पृष्ठपोषणसमेत संकलन गरिएको छ। साथै, सबै करदाताहरूको कारोबार स्थलमा अनिवार्य बिल बिजक लिनु–दिनुपर्ने भन्ने सन्देशमूलक स्टिकरसमेत टाँस गरिएको थियो।

प्रकारको करदातामैत्री क्लिनिक अत्यन्तै प्रभावकारी हुने प्रतिक्रिया आएको हुँदा आगामी दिनमा समेत यसलाई अभियानकै रूपमा सञ्चालन गरिने प्रमुख कर अधिकृतले आचार्यले बताए।

ad
ad