वेस्ट इन्डिज ‘ए’विरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा तेस्रो खेलमा दुई सय २८ रन लक्ष्य पछ्याइरहेको नेपालले अनिल शाहलाई क्याचआउटको रूपमा गुमाएको हो।
इनिङ्सको ६.४ ओभरमा अनिल छक्का प्रहार गर्ने क्रममा जोनसन चार्ल्सबाट सहज क्याचआउट भएका थिए। अनिलले १९ बलमा दुई छक्काको सहयोगमा १४ रन जोडेका थिए।
वेस्ट इन्डिजले पहिलो ब्याटिङ गरी २० ओभरमा तीन विकेट गुमाएर दुई सय २७ रनको योगफल खडा गरेको थियो। वेस्ट इन्डिजका लागि तेस्रो खेलमा गुडाकेस मोतीले एक विकेट लिएका छन्।
नेपालले सात ओभरमा दुई विकेट गुमाएर ५९ रन बनाएको छ। नेपाललाई ७६ बलमा एक सय ६९ रन आवश्यक छ। जित निकाल्न नेपालले प्रतिओभर १३.५२ रन बनाउनुपर्छ।