१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ ९ बुधबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिम्टीका अग्निपीडितलाई छिन्नमस्ताका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलब दिने

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार १५:o१:oo

सप्तरीको महादेवा गाउँपालिका– १ चिम्टीका अग्निपीडितलाई राहतका लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूले एक दिनको तलब–भत्ता  दिने घोषणा गरेका छन्। 

पालिका अध्यक्ष विद्यानन्द चौधरीले‌ अग्निपीडितहरूलाई विपत्तिको समयमा समस्यासँग लड्न  छिन्नमस्ता गाउँपालिकाका सम्पूर्ण कर्मचारी तथा सम्पूर्ण जनप्रतिनिधिले एक दिनको तलब–भत्ता दिने जनाकारी दिए। 

‘यस विपत्तिमा सबै एकजुट भई लाग्नसमेत आग्रह गर्दछु, हामी सहयोग गर्नेछौँ, सबैजनाले सक्दो सहयोग गरौँ,’ अध्यक्ष चौधरीले भने, ‘सप्तरीका सम्पूर्ण स्थानीय सरकारप्रमुखज्यूलाई समेत सहयोगमा लाग्न आग्रह गर्दछु।’

छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उज्ज्वल आनन्दले पालिकामा तीन सयजना कर्मचारी रहेको जानकारी दिए। उनले सबै प्रक्रिया थालेर छिट्टै पीडितहरूलाई चेक हस्तान्तरण गर्ने बताए। मंगलबार दिउँसो त्यहाँ भएको भीषण आगलागीबाट ६० भन्दा बढी परिवार घरविहीन भएका छन्।

ad
ad