नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध दुई ओभरको अन्तरमा दुई विकेट गुमाएको छ। नेपालले ओपनर लोकेश बम र मध्यक्रमका आरिफ शेखको विकेट गुमाएको हो।
दुई सय २८ रनको विशाल लक्ष्य पछ्याइरहेको नेपालले ११ ओभरमा चार विकेट गुमाएर ९८ रन जोडेको छ। इनिङ्सको ९.४ ओभरमा आरिफ शेखले आफ्नो विकेट वाल्सलाई दिए। आरिफले ६ बलमा तीन रन बनाए।
लोकेश इनिङ्सको १६.६ ओभरमा आउट भए। उनले २९ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २८ रन जोडेका थिए। अर्का ओपनर विनोद भण्डारीले १५ बलमा १९ रन बनाएका थिए।
वेस्ट इन्डिजका लागि गुडकेस मोतीले २३ रन खर्चेर दुई विकेट लिएका छन्। फाविआन र हडेन वाल्सले समान एक विकेट हात पारेका छन्।