Skip This
खेलाडीलाई समर्पित गरी गायक दाहालले ल्याए ‘हारजित’
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २७ शुक्रबार
  • Monday, 08 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o पौष २७ शुक्रबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

खेलाडीलाई समर्पित गरी गायक दाहालले ल्याए ‘हारजित’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष २७ शुक्रबार १८:१५:oo

खेल र खेलाडीको सम्मानमा गायक निर्मल दाहालले नयाँ गीत सार्वजनिक गरेका छन्। दाहालको शब्द, संगीत र स्वरमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक भएको हो।

गायक दाहालले ‘जित तिम्रो मान बनोस्, हार तिम्रो ज्ञान बनोस्’ भन्ने सन्देश बोकेको गीत ल्याएका हुन्। उनले समाजलाई खेलकुदले एकताको सूत्रमा बाँधिरहेका कारण खेलाडीको सम्मानमा गीत ल्याएको बताएका छन्।

गीतमा सुभम बोहरा (आत्मा)को र्‍याप रहेको छ। गीतको भिडियोमा नेपाली खेलाडी र खेलकुदका विभिन्न प्रतियोगिताका दृश्यहरू समावेश छन्।

गायक दाहालले यसअघि ‘पागल’, ‘अचेल’, ‘जब घाम’लगायतका गीत सार्वजनिक गरिसकेका छन्।

ad
ad
ad
ad