१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
सौरभ यादव राजविराज
२०८० पौष २५ बुधबार २१:५१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नौँबुँदे माग राखेर स्ववियुले गर्‍यो तालाबन्दी  

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
२०८० पौष २५ बुधबार २१:५१:००

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराजमा तालाबन्दी गरेको छ। बुधबार युनियनका उपाध्यक्ष जयकृष्ण यादव तथा सचिव सुनीलकुमार मण्डलले प्रेस विज्ञप्ति जारी गर्दै नौँबुँदे माग राखेर तालबन्दी गरेका हुन्। 

क्याम्पसमा त्रिविको नियमविपरीत आर्थिक चलखेल गरेर शिक्षक भर्ना गरिएको आरोप लगाउँदै त्यसलाई रद्द गर्नुपर्ने माग राखिएको विज्ञप्तिमा उल्लेख छ। त्यस्तै, क्याम्पसको एमएड, एमबिएस, एमए सोस्योलोजी, बिएड, आरडी सोस्योलोजीलगायतका निजीतर्फको कार्यक्रमहरूको आर्थिक वर्ष ०७५-७६ देखि हालसम्मको आय-व्यय सार्वजनिक गर्नुपर्ने, पुस्तकालय व्यवस्थापन गर्नुपर्ने, नियमित पठनपाठन सञ्चालन गर्नुपर्ने माग राखेका छन्।

उनीहरूको साइन्स ल्याब नियमित सञ्चालन गर्नुपर्ने, कन्या छात्रावास, दलित छात्रावास लगायतको व्यवस्थापन गरेर सञ्चालन गर्नुपर्ने, अतिरिक्त क्रियाकलाप खेलकुद सञ्चालन गर्नुपर्ने तथा बिबिए अध्ययन कार्यक्रम ल्याई सञ्चालन गर्नुपर्ने मागसमेत रहेको छ।