१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष २५ बुधबार
  • Friday, 27 September, 2024
नयाँ पत्रिका वासिंटन डिसी
२o८o पौष २५ बुधबार o७:२६:oo
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

बंगलादेशको चुनाव निष्पक्ष नभएको ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिंटन डिसी
नयाँ पत्रिका
२o८o पौष २५ बुधबार o७:२६:oo

संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बंगलादेशको आमचुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ । अमेरिकाले चुनावमा सबै दलले भाग नलिएको विषयमा दुःखसमेत व्यक्त गरेको छ । आइतबार सम्पन्न चुनावमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको दल अवामी लिगले विपक्षीले बहिष्कार गरेको चुनावमा बहुमत हासिल गरेको छ ।

योसँगै हसिनाको चौथो कार्यकालको बाटो खुलेको छ । चुनावलाई बंगलादेश नेसनलिस्ट पार्टी(बिएनपी)को अगुवाइमा प्रमुख विपक्षी दलहरूले बहिष्कार गरेका थिए । अमेरिकाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पर्यवेक्षकले चुनाव स्वतन्त्र तथा निष्पक्ष नपाएको भन्दै गहिरो खेद व्यक्त गरेको छ ।

अमेरिकाले राजनीतिक गिरफ्तारी तथा अनियमितताका साथै निर्वाचनको समयमा भएको हिंसाको पनि निन्दा गरेको छ । अमेरिकाले बंगलादेशी सरकारलाई हिंसाको छानबिनका लागि आग्रह गरेको छ । यसैगरी अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको साझा दृष्टिकोणलाई अगाडि बढाउन बंगलादेशसँग साझेदारी गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।