१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बुद्धिचाललाई व्यावसायिक बनाउन जोड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o६:५१:oo

विश्व खेलकुदमा फरक पहिचान बनाएको बुद्धिचाल खेल नेपालमा व्यावसायिक रूपमा अगाडि बढाउन पर्ने जोड राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले दिएका छन् । छैटौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको सोमबार उद्घाटन गर्दै सदस्यसचिव घिसिङले नेपालमा बुद्धिचाल खेललाई व्यावसायिक विकास गर्नुपर्ने बताएका हुन् ।

‘विश्व फिडे महासंघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले बुद्धिचाललाई आफ्नो महत्वपूर्ण अफिसियल खेलको रूपमा मान्यता दिइसकेको छ, यस्तो अवस्थामा नेपालमा पनि बुद्धिचाल खेललाई व्यावसायिक ढाँचामा रूपान्तरित गर्न जरुरी भइसकेको छ,’ उनले भने, ‘नेपाल बुद्धिचाल महासंघ, सम्बन्धित निकाय र व्यक्तिहरूले नेपालमा फुटबल र क्रिकेटमा जस्तो बुद्धिचालमा पनि व्यावसायिक लिग सञ्चालनमा ल्याउन जरुरी छ ।’ 

विजेताले दुई लाख पाउने
प्रतियोगिताको विजेता टोलीले दुई लाख रुपैयाँ पाउनेछन् । उपविजेताले एक लाख २० हजार र तेस्रो स्थानमा रहने टोलीले ६० हजार रुपैयाँ पाउनेछन् । चौथो हुने टोलीलाई ४० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यसैगरी, प्रत्येक बोर्डमा प्रथम हुने चारजना खेलाडीलाई जनही १० हजार नौ सय १० हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको कुल पुरस्कार राशि चार लाख ७० हजार रहेको छ । 

ad
ad