१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष २३ सोमबार २३:१०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

चेपाङ संरक्षित विशेष क्षेत्र घोषणा गर्ने बागमतीका मुख्यमन्त्री जम्कट्टेलको भनाइ

Read Time : > 1 मिनेट
२०८० पौष २३ सोमबार २३:१०:००

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मकवानपुर, चितवन र धादिङको चेपाङ बाहुल्य क्षेत्रलाई समेटेर चेपाङ संरक्षित विशेष क्षेत्र घोषणा गर्ने बताएका छन् ।

सोमबार मकवानपुरको राक्सिराङ गाउँपालिकाको चैनपुरमा भएको गाउँ सभाको पन्ध्रौँ (हिउँदे) अधिवेशनलाई सम्बोधन गर्दै उनले चेपाङ संरक्षित क्षेत्रका लागि प्रदेश सरकारले अध्ययन टोली बनाएर काम थालिसकेको जानकारी गराए ।

मकवानपुरको राक्सिराङ, चितवनको इच्छाकामना, कालिका, राप्ती र धादिङको बेनिघाट रोराङ र गजुरीलाई चेपाङ संरक्षित विशेष क्षेत्र घोषणा गर्ने गरि काम भइरहेको बताए ।

‘चेपाङ समुदायको विकासको लागि बागमती प्रदेश सरकार लागि परेको छ । प्रदेश सरकारले चेपाङ, चिउरी, चमेरो संरक्षण कार्यक्रम अगाडि बढाएको चेपाङ संरणको लागि हो,’ उनले भने । 

मुख्यमन्त्री जम्कट्टेलले चिउरी, चेपाङ र चमेरो कार्यक्रममा पालिकाहरुलाई प्रदेश सरकार संग सहकार्य गर्न आग्रह गरे । उनले हरेक क्षेत्रमा मिलेर काम गर्न सके जनतालाई समृद्ध बनाउने तिनै तहका सरकारको उदेश्य पूरा हुने दावी पनि गरे ।   । 

यस्तै, मुख्यमन्त्री जम्कट्टेल मनहरीबाट राक्सिराङको चैनपुर हुँदै मलेखु जाने बाटो महत्त्वपूर्ण रुट रहेकाले माघभित्रै यसलाई अगाडि बढाउने प्रतिबद्धता जनाए । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले राक्सिराङ गाउँपालिकामा शिक्षाको गुणस्तर वृद्धिमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । पालिकाको शिक्षा क्षेत्रमा रुपान्तरण गर्नसके राक्सिराङका जनताको जिवनस्तर परिवर्तन हुन समय नलाग्ने बताए ।

यस्तै, बागमती प्रदेशका प्रदेश सदस्य ईन्द्रबहादुर बानियाँले जनताको मतबाट निर्वाचित भएकाले सबै जनप्रतिनिधि मिलेर जनताको काम गर्नुपर्ने बताए । उनले जनताको काम गर्न सबै दलका जनप्रतिनिधिहरू मिल्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधार विकासराज्यमन्त्री सन्तबहादुर प्रजा, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, ओम ग्लानलगायतले मन्तव्य व्यक्त गतेका थिए । 

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले विकट गाउँ र पछि परेका समुदायका जनताको विकासमा मुख्यमन्त्रीलगायत आफ्ना क्षेत्रका जनप्रतिनिधिलाई ध्यान दिन आग्रह गरे ।