१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आजको दिन विद्युत् व्यापारका दृष्टिले कोसेढुंगा : प्रधानमन्त्री 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:५४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारको सम्झौता भएको बताउँदै आजको दिन विद्युत् व्यापारका दृष्टिले कोसेढुंगा हुने विश्वास व्यक्त गरेका छन्। 

बिहीबार दिउँसो रामेछापको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। 

प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशसचिव एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुनेमा जोड दिएका हुन्। 

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘मेरो भारत भ्रमणका क्रममा नै नेपालले १० वर्षमा १० हजार विद्युत् भारतलाई बिक्री गर्ने सम्झौता भएको थियो। भारतका विदेशमन्त्रीको नेपाल भ्रमणले अब नेपालले विद्युत् निर्यात गर्ने ठोस सम्झौता भएको छ। यो आफैँमा ऐतिहासिक उपलब्धि हो। भारतमा मात्रै होइन, बंगलादेशसँग समेत विद्युत् निर्यातको ढोका खुलेको छ। अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशसँग विद्युत् व्यापार हुनेछ।’

संसद्को प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुंगोमा पुर्‍याउन सत्तागठबन्धनले राष्ट्रिय सहमति चाहेको प्रधानमन्त्रीले स्पष्ट पारे। 

‘यो सत्तागठबन्धन सानो दुःखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौँ। तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरुरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ। अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्यायसम्बन्धी काम टुंग्याउन राष्ट्रिय सहमति चाहेका छौँ,’ प्रधानमन्त्रीले भने। 

प्रधानमन्त्रीले रामेछापमा सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति बनाउँदै प्रशासनिक भवनअनुरूपको सेवा प्रवाह, शिक्षा, स्वास्थ्यको विकास, कृषि–पर्यटनको प्रवर्द्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिहरूलाई अपिल गरे। 

ad
ad