१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २o:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

गायक यश कुमारको  ‘तिमी छौ र त’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २o:२२:oo

गायक यश कुमारको नयाँ शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक भएको छ। मंगलबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गीत–संगीतले समाजमा सकारात्मक भाव प्रवाह गर्ने बताए। गायक यश कुमारको गीतले समाजको कथालाई देखाएको बताए। 

गीतको भिडियो हेर्दा आफूलाई असहज महसुस भएको बताउँदै उनले भने, ‘यो गीतले हाम्रो एउटा समाजको कथालाई देखाएको छ। यो भिडियो हेरेपछि समाजले केही सिक्छ भन्ने लागेको छ। यसलाई मनोरञ्जनको रूपमा मात्र लिनुहुँदैन। यसले समाज सुधार्न भूमिका निर्वाह गर्नुका साथै कुल गार्हस्थ उत्पादनमा समेत टेवा दिन्छ।’

उनले गीतसंगीतमार्फत मनोरञ्जनसँगै सन्देश प्रभाव गर्न खोजेको बताए। ‘यसपटक यो गीतमा दुई समुदायको अहमताले निम्त्याउने कथालाई देखाएको छु। यसले समाजमा थोरै भए पनि चेतना बढाउने काम गर्छ भन्नेमा विश्वस्त छुु,’  उनले भने। 

यो गीतमा ब्राह्मण समुदायको युवक र लिम्बू समुदायकी युवतीबीचको प्रेम बुनेर म्युजिकल फिल्म निर्माण गरेको उनले बताए। सार्वजनिक गीतको भिडियोमा यश कुमारसँगै अनु थापा, प्रेम सुब्बा, राजेश घतानीलगायतका कलाकारले अभिनय गरेका छन्।

ad
ad