मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष १६ सोमबार
  • Thursday, 19 December, 2024
२o८o पौष १६ सोमबार ११:४o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अघि बढ्न सकेन विमानस्थल विस्तार योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष १६ सोमबार ११:४o:oo

धनगढीको गेटा विमानस्थल विस्तारको योजना अघि बढ्न सकेको छैन । विसं ०७८ मा नेपाल नागरिक उड्डयन प्राधिकरणले गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्न अगाडि सारेको योजना अघि बढ्न नसकेको हो । दुई वर्षअघि उड्डयन प्राधिकरणले विमानस्थलको विस्तार गर्ने योजनासहित एक अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । 

धनगढीको गेटालाई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्न दुई सय ५० बिघा जमिन अधिग्रहण गरेर एक हजार आठ सय मिटरको धावनमार्गलाई बढाएर दुई हजार पाँच सय मिटरको बनाउने योजना बनाइएको विमानस्थल प्रमुख गणेशबहादुर सिंहले बताए । उनका अनुसार हालसम्म विमानस्थल विस्तारको कुनै काम अगाडि बढेको छैन ।

विमानस्थल प्रमुख सिंहले सरकारले चालू आर्थिक वर्षमा गेटा विमानस्थल विस्तार गर्न बजेट विनियोजन नगरेको जानकारी दिए । तत्कालीन पर्यटनमन्त्री प्रेमबहादुर आलेमगर अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले विसं ०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको थियो । दुई वर्षअघि नै विमानस्थल विस्तारका लागि स्थानीयवासीको जग्गा अधिग्रहण गर्न रु. १५ देखि १६ अर्ब लाग्ने अनुमान गरिएको भए पनि बजेटको सुनिश्चितता नहँुदा जग्गा अधिग्रहणको काम अघि बढ्न नसकेको प्राधिकरणले जनाएको छ ।