१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार o९:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकले एक घन्टामै गोल्ड लोन दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार o९:o६:oo

नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएकोे छ । बैंकले ग्राहकलाई विना कुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने ऋण योजना ल्याएको हो ।योजनाअन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने बैंकले जनाएको छ । आवेदन दिएदेखि ऋण प्राप्तिसम्मको समय एक घन्टाको अवधिमा ऋण पाइने भएकाले तत्काल समस्या समाधानमा सहयोग पुग्ने बैंकले दाबी गरेको छ । 

धितो राखेको सुनको निःशुल्क बिमाको व्यवस्था पनि गरेको जनाइएको छ । बैंकले ग्राहकका विभिन्न वित्तीय आवश्यकता पूरा गर्न यसप्रकारको कार्यक्रम ल्याएको जानकारी दिएको छ । 

तत्कालका लागि आठवटा शाखाबाट मात्र यो सेवा पाइने बैंकको भनाइ छ । जसअनुसार उपत्यकाभित्रका ग्राहकले कुमारीपाटी, कालीमाटी र सूर्यविनायक शाखाबाट कर्जा लिन सक्ने उल्लेख छ । उपत्यकाबाहिरका ग्राहकका लागि धरानको महेन्द्रपथ, बुटवलको चौराहा, नेपालगन्जको भानुभक्त चोक, फिदिम र चिप्लेढुंगाबाट सुन कर्जा लिन सकिने बैंकले जनाएको छ । बैंकले देशभर दुई सय ६६ शाखा, २२ एक्सटेन्सन काउन्टर र तीन सय १३ एटिएम मेसिनमार्फत सेवा दिँदै आएको जनाएको छ ।

ad
ad