१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ९ सोमबार
  • Tuesday, 02 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o पौष ९ सोमबार १५:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

प्रो क्लब च्याम्पियन २०२३ : युपी ११ लाई आर्मीले दियो १३३ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ९ सोमबार १५:४३:oo

पर्साको वीरगन्जस्थित नारायणी रंगशालामा जारी प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा अहिले नेपाल आर्मी र युपी ११ बीच खेल भइरहेको छ । 

पहिले ब्याटिङ गरेको आर्मीले १९.५ ओभरमा अलआउट हुँदै एक सय ३२ रन बनाएपछि युपी ११ ले एक सय ३३ रनको लक्ष्य पछ्याइरहेको छ । 

आर्मीका ओपनर सन्तोष कार्कीले आज पनि उत्कृष्ट प्रदर्शनलाई जारी राख्दै ४४ रन बनाए । प्रतियोगितामा व्यक्तिगत दोस्रो अर्धशतक बनाउन चुकेका कार्कीले आज ३२ बलमा ४४ रन बनाए । उनले तीन छक्का र चार चौका प्रहार गरे । 

यस्तै, भीम सार्कीले २२ बलमा २३ रन, साहब आलमले १७ बलमा २२ र बसिर अहमदले १४ बलमा १४ रनको योगदान दिए । सोमपाल कामीले ६, कप्तान विनोद भण्डारीले पाँच, सन्दीप रजालीले पाँच र विवेक यादवले दुई रनको योगदान दिए । कुशल मल्ल गोल्डेन डकआउट भए भने चार बल खेलेका रोहित पौडेलले पनि खाता खोल्न सकेनन् । पवन कार्की एक रनमा अविजित रहे ।

युपी ११ का बलर वासी अन्सारीले चार ओभरमा १० रन दिएर तीन विकेट लिए भने सहिम अहमदले २.५ ओभरमा २१ रन दिएर दुई विकेट लिए । यस्तै, अहमद अन्सारीले चार ओभरमा ३१ रन खर्चिएर दुई विकेट लिए । 

ad
ad
ad
ad