१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ८ आइतबार
  • Tuesday, 02 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o पौष ८ आइतबार १७:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

पर्सा ११ माथि आर्मीको सहज जित, कुशलको अलराउन्ड प्रदर्शन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ८ आइतबार १७:३१:oo

पर्साको वीरगन्जस्थित नारायणी रंगशालामा जारी प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल आर्मीले पर्सा ११ लाई ६६ रनले पराजित गरेको छ। 

राउन्ड रोबिनको आधारमा खेलाइएको खेलमा आर्मी तीन खेलमा ६ अंक हासिल गरी शीर्ष स्थानमा रहेको छ। 

आर्मीको जितमा विस्फोटक ब्याटर कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे। ब्याटिङतर्फ ३९ बलमै पाँच चौका र चार छक्काको मद्दतमा ६३ रन बनाएका कुशलले पछि बलिङतर्फ पनि महत्त्वपूर्ण दुई विकेट लिए। अलराउन्डर कुशल मल्लको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रो क्लब टी २० च्याम्पियनसिपमा पर्सा क्लब ११ लाई ६६ रनले हराएको छ।

आर्मीले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको पर्सा निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९३ रन मात्र बनाउन सक्यो। पर्साका कप्तान सन्दीप लामिछाने ३४ बलमा एक चौका र एक छक्का प्रहार गरी ३२ रनमा अविजित रहे। उनी नै टिमका लागि सर्वाधिक रन बनाउने खेलाडी बने। 
पर्साका ओपनर इमरान शेख १८, अनिल साह शून्य र हसिम हन्सारीले १३ रन मात्र बनाएपछि पर्सा ११ का लागि आर्मीले दिएको लक्ष्य पहाडजस्तै बनेको थियो।

पर्सा ११ लाई रोख्ने क्रममा उत्कृष्ट फर्मलाई निरन्तरता दिएका बसिर अहमदले पनि चार ओभरमा ११ रन खर्चेर तीन विकेट लिए। सानदार फर्ममा रहेका साहब आलमले चार ओभरमा १६ रन खर्चेर तीन विकेट लिए। चार ओभर नै बलिङ गरेका कुशलले एक मेडनसहित जम्मा १५ रन दिएर महत्त्वपूर्ण दुई विकेट लिए भने राजेश पुलामीले एक विकेट लिए।

त्यसअघि टस जितेर पर्सा ११ ले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको आर्मीले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५९ रनको विशाल स्कोर खडा गर्‍यो। 

कुशलको ६३ रनका अलावा कप्तान विनोद भण्डारीले २६, सन्तोष कार्कीले १६, रोहित पौडेलले १३ रनको योगदान दिए। विवेक यादवले १२, सन्दीप र जालीले सात, राजेश पुलामीले नौ तथा भीम सार्कीले तीन रन बनाए।

पर्साका कप्तान सन्दीपले चार ओभरमा २५ रन खर्चेर जम्मा एक विकेट लिए भने नसरुद्धिन अन्सारी, रन्जितकुमार, रूपेश सिंह र पवन सर्राफले पनि एक–एक विकेट लिए।

प्रतियोगितामा नेपालका तीन विभागीय, पर्सासँगै दुई भारतीय क्लब नोयडा र उत्तर प्रदेश छन्।

ad
ad
ad
ad