१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ६ शुक्रबार
  • Tuesday, 02 July, 2024
तिवारी यादव वीरगन्ज
२o८o पौष ६ शुक्रबार १५:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद डिजिटल संस्करण

सशस्त्र प्रहरीले युपी ११ लाई दियो १०२ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ६ शुक्रबार १५:२२:oo

प्रो क्लब च्याम्पियन टी–२० क्रिकेट प्रतियोगितामा  दोस्रो दिनको खेलमा सशस्त्र प्रहरी बलले युपी ११ लाई एक सय दुई रनको लक्ष्य दिएको छ। 

नारायणी रंगशालामा जारी प्रतियोगितामा पहिले ब्याटिङ गरेको सशस्त्र प्रहरी बलले १९ ओभरमा अलआउट हुँदै एक सय एक रनको जोडेको हो।

सशस्त्र प्रहरी बलका लागि हरिशंकर साहले ३२ बल खेल्दै ३४ रन बनाएका थिए भने लोकेश बम १० बलमा १५ रन र अमरसिंह राउतले नटआउट २० बल खेल्दै १२ रनको योगदान दिए। 

यस्तै युपी ११ का बलर तरुणले एक्लै पाँच विकेट लिएका थिए। उनले सशस्त्र प्रहरी बलको खेलाडीलाई कमजोर बनाएका थिए। तरुणले चार ओभरमा १६ रन मात्र दिए।

अर्को बलर समिमले दुई विकेट लिएका थिए। उनले तीन ओभरमा १० रन मात्र खर्चिएका हुन्। युपी ११ का बलर अहमद, निखिल र वासीले एक–एक विकेट लिएका थिए। 

प्रतियोगितामा नेपालका तीन विभागीय टोली आर्मी, पुलिस र एपिएफसहित पर्सा ११ तथा भारतको युपी ११ र वन्डर्स क्लब नोइडाले प्रतिस्पर्धा गर्दै छन्।

सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।जहाँ लिगमा पहिलो र चौथो हुनेबीच पहिलो सेमिफाइनल हुनेछ र दोस्रो र तेस्रो हुने टोलीबीच दोस्रो सेमिफाइनलमा हुनेछ।

ad
ad
ad
ad