१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o पौष ५ बिहीबार
  • Wednesday, 03 July, 2024
२o८o पौष ५ बिहीबार ११:o४:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

जुम्लाको हाँकुचौरमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o पौष ५ बिहीबार ११:o४:oo

जुम्लाको हाँकुचौरमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । १४औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तातोपानी गाउँपालिका– ४ हाँकुचौरमा सुरु भएको हो । बुधबारदेखि सुरु भएको प्रतियोगितामा जुम्लाका आठवटा स्थानीय तहमध्ये ६ स्थानीय तहले मात्रै भाग लिएका छन् ।

जिल्ला खेलकुद विकास समिति जुम्ला र तातोपानी गाउँपालिका– ६ को आयोजनामा तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा गुठीचौर र पातारासी गाउँपालिकाले प्रतियोगितामा सहभागिता जनाएका छैनन्।

बुधबार पहिलो दिन सटफुट, ज्याब्लिङ थ्रो, लङजम्प र त्रिपलजम्प खेल सञ्चालन भए । जसमा छात्रतर्फ सटफुटमा कनकासुन्दरी गाउँपालिकाका सुवास बुढा प्रथम, सोही गाउँपालिकाका लली महरी दोस्रो र चन्दननाथ नगरपालिकाका सोडान रोकाया र कुमार परियारले तेस्रो स्थान हात पारेका छन् । 

सोही खेलमा छात्रातर्फ तिला गाउँपालिकाकी करिश्मा थापा प्रथम, कनकासुन्दरी गाउँपालिकाकी सुन्जिरा कामी दोस्रो र हिमा गाउँपालिकाकी कमला शाही तृतीय भएकी छिन् ।

ज्याब्लिङ थ्रो खेलमा कनकासुन्दरी गाउँपालिकाका धर्मेन्द्र कामी प्रथम, हिमा गाउँपालिकाका देवेन्द्र रोकाया द्वितीय र चन्दननाथ नगरपालिकाका कुमार परियार तृतीय भएका छन् । छात्रातर्फ हिमाकी मञ्जु अधिकारी प्रथम, कनकासुन्दरीकी सुनपुरा बुढा द्वितीय र हिमाकी सञ्जु रोकाया तृतीय भएकी छिन् ।

लङजम्पमा छात्रतर्फ चन्दननाथ नगरपालिकाका दिलीप मल्ल प्रथम, हिमाका दीपेन्द्र शाही द्वितीय र चन्दननाथका द्राेणराज धराला तृतीय भएका हुन् । छात्रातर्फ सिँजाकी मनीषा सार्की प्रथम, तातोपानीकी रुमाला कुँवर द्वितीय, हिमाकी वर्षा शाही र कनकाकी अंशु बडुवाल तृतीय भए ।

त्रिपलजम्प खेलमा छात्रातर्फ हिमाकी ममता शाही प्रथम, सिँजाकी मनीषा शाही द्वितीय, तिलाकी करिश्मा थापा र हिमाकी सुस्मिता रावत तृतीय भए । यसैगरी, छात्रतर्फ चन्दननाथका दिलीप मल्ल प्रथम, हिमाका दीपेन्द्र शाही द्वितीय र सिँजाका मिलन सहकारीले तृतीय भएको एथलेटिक्स प्रशिक्षक मथुराज न्यौपानेले बताए । तीन दिनसम्म सञ्चालन हुने राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न हुने वडाध्यक्ष विशाल खड्काले जानकारी  दिए ।

ad
ad
ad
ad