१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

टिचिङ अस्पताल लाइनका मेडिकलमा महानगरको अनुगमन

दर्ताविना सञ्चालित पसल बन्द गर्न निर्देशन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:५२:oo

त्रिवि शिक्षण अस्पताल लाइनमा रहेका औषधि पसलमा काठमाडौं महानगरको टोलीले अनुगमन गरेको छ।

बुधबार अनुगमनका लागि गएकाे महानगरको टोलीले दर्ताविना सञ्चालनमा रहेकालाई औषधि पसल बन्द गर्न निर्देशन दिएको छ। 

महानगरले केही समयअघि वीर अस्पतालनजिक सञ्चालन गरिएका औषधि पसलमा अनुगमन गरी मापदण्डविपरीत चलेका पसल बन्द गर्न निर्देशन दिएको छ। 

महानगरले यसै साता मात्रै काठमाडौं महानगरमा मापदण्डसहित औषधि पसल सञ्चालनका लागि १० दिने सूचना जारी गरेको छ। 
 

ad
ad