१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
रमेश सुवेदी काठमाडौं
२०८० पौष २ सोमबार २०:२३:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पूर्वमहासचिव इन्द्रमान तुलाधर एन्फाको सिइओ नियुक्त

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
२०८० पौष २ सोमबार २०:२३:००

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वमहासचिव इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ। 

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको कार्यसमिति बैठकले तुलाधरलाई एन्फाको सिइओ नियुक्त गरेको हो। 

पछिल्लो दुई दशक एन्फामा सिइओ र महासचिवको कार्यभार बिताएका तुलाधर ६ असार ०७९ को निर्वाचनपछि अलग भएका थिए। डेढ वर्षपछि उनी पुनः सिइओ हुँदै एन्फा प्रवेश गरेका हुन्। 

तुलाधरको नियुक्तिको विषयमा एन्फाको सिंगो कार्यसमिति एक हुन सकेन। एक केन्द्रीय सदस्यका अनुसार वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित नौ सदस्यले तुलाधरको नियुक्ति अवैधानिक रहेको भन्दै लामो समय विवाद गरेका थिए। 

उनीहरूले यसअघि नै सूचना निकाल्दै सिइओ नियुक्त गर्न खुला प्रतिस्पर्धा आह्वान गर्ने निर्णय स्मरण गराउँदै त्यसको पालना गर्न दबाब दिएका थिए। तर, अध्यक्ष पंकजविक्रम नेम्वाङसहित ११ बहुमत सदस्य पक्षमा रहेपछि अन्ततः तुलाधर सिइओ नियुक्त भएका हुन्।