मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o पौष १ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o पौष १ आइतबार १७:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नागेन्द्र साहलाई आयल निगममा निमित्त प्रमुखको जिम्मेवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o पौष १ आइतबार १७:१५:oo

नेपाल आयल निगम लिमिटेडको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ।

उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालका अनुसार निगमको वरिष्ठ नायब कार्यकारी निर्देशक रहेका साहलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो। 

‘निगमभित्र सबैभन्दा वरिष्ठ तहमा कार्यरत साहलाई निमित्तकाे जिम्मेवारी दिइएको छ,’ मन्त्री रिजालले भने।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले गत २६ मंसिरमा १५ महिना कार्यकाल बाँकी छँदै अचानक राजीनामा दिएका थिए। उनको राजीनामापछि रिक्त रहेको पदमा तत्कालका लागि साहलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।

१५ वर्षअघि निगम प्रवेश गरेका साह सुरुदेखि हालसम्म अर्थ विभागमै कार्यरत छन्। उनले चार्टड एकाएन्टेन्ट (सिए) पढेका हुन्। उनले अर्थ विभाग सम्हालेयता निगमको नियमित रूपमा वार्षिक लेखापरीक्षण हुँदै आएको छ।

निमित्त प्रमुखको जिम्मेवारी पाएका साह निगमको अर्थ र मानव संसाधन विभागको नेतृत्व गर्ने नायब कार्यकारी निर्देशक भएर काम गरिरहेका छन्। नायब कार्यकारी निर्देशकको चारवर्षे कार्यकाल हुने भएकाले साहको निगममा करिब दुई वर्ष मात्रै सेवा अवधि बाँकी छ।