१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २९ शुक्रबार
  • Wednesday, 03 July, 2024
२o८o मङ्सिर २९ शुक्रबार o८:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

काभ्रेमा राष्ट्रपति रनिङ सिल्ड सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o मङ्सिर २९ शुक्रबार o८:१७:oo

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले चार दिनसम्म चल्ने रनिङ सिल्डको उद्घाटन गरेका छन् । रोशी गाउँपालिकाभित्रको ७२ वटा विद्यालय, ६ हजारभन्दा बढी विद्यार्थी र चार सय ५० भन्दा बढी शिक्षक प्रतियोगितामा सहभागी हुनेछन् ।

रोशी गाउँपालिका– ७ मा अवस्थित रोशी माध्यमिक विद्यालयमा प्रतियोगिता चल्नेछ । राष्ट्रपति रनिङ सिल्ड गाउँपालिकामा चौथोपटक भएको हो । गाउँपालिकामा तीन वर्षदेखि प्रतियोगिता सञ्चालन गरिरहेको छ । प्रतियोगितामा १६ वटा विद्यालय सहभागी छन् । भलिबलको छात्रलाई आठ समूह र छात्रालाई ६ समूहमा विभाजन गरिएको आयोजकले जनाएको छ । 

कबड्डीमा छात्रको नौ समूह र छात्राको नौ समूह भएको छ । हाइजम्पमा छात्रको ११ समूह र छात्राको ११ समूह छुट्याइएको छ । यसैगरी, ज्याबलङ थ्रोमा छात्रको नौ र छात्राको आठ समूह, दौडमा छात्रको १४ समूह र छात्राको १४ समूह छन् । फुटबल र कराँतेको सीधै जिल्लामा प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

ad
ad
ad
ad