१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार o६:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

प्रबल र छिरिङ फाइनलमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o६:५१:oo

मलेसियाको पेनाङमा चलिरहेको ३४औँ अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका प्रबल उप्रेती र छिरिङ वाङदी शेर्पा फाइनल प्रवेश गरेका छन् । यससँगै नेपालको कम्तीमा दुई रजत पदक पक्का भएको छ । पुरुष ५१ केजी तौल समूहमा प्रबलले इन्डोनेसियाका हसान बिन अजानलाई ५–० अंकका आधारमा पराजित गरी अन्तिम दुई स्थान पक्का गरेका थिए ।

पुरुष ५७ केजीमा छिरिङले सिंगापुरका अब्दुल वाफी बिन इड्रिसलाई तेस्रो राउन्डमा आरएससीका आधारमा हराउदै उपाधि भिडन्तमा पुगे । सेमिफाइनलमा प्रबलले सिंगापुरका ड्यानी चाउ यिजी तथा छिरिङले इन्डोनेसियाका फकिह अन्दरा नासुटेसनलाई समान ५–० अंकका आधारमा पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेका थिए ।

पुरुष ५४ केजीमा सिंहवीर लिम्बू तथा ६० केजीमा शुलभ माली सेमिफाइनलमै रोकिएपछि कांस्यमा सीमित भए । नेपाली टोलीको प्रशिक्षकमा आइबा वान स्टार कोच सन्जिप श्रेष्ठ र व्यवस्थापक स्मृति विश्वास रहेका छन् ।

ad
ad