१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १३:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कोप–२८ नेपालका लागि उपलब्धिमूलक : वनमन्त्री महतो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १३:४३:oo

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२८) नेपालको लागि उपलब्धिमूलक भएको बताएका छन्।

सम्मेलनमा नेपालको बारेमा पर्याप्त चर्चा भएको मन्त्री महतोको भनाइ छ। कोप–२८ मा सहभागी भएर शनिबार बिहान स्वदेश फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिहरूको एकै स्वर रहेको र यसपटक नेपालले आफ्ना एजेन्डा जोडदार रूपमा उठाएको बताए।

‘यसपटक हामी वान डोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौँ,’ मन्त्री महतोले भने। उनले कोप–२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकाले यसपटक सम्मेलनमा नेपाललाई उच्च प्राथमिकता दिइएको बताए।

यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभेलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारी रूपमा छलफल तथा अन्तर्क्रिया गरिएको उनले सुनाए।

मन्त्री महतोले डिसेम्बर ३ मा एडिबीद्वारा आयोजित लन्च अफ बिल्डिङ एडाप्टेसन एन्ड रिसाइलेन्स टू एचकेजी इनिसिएटिभ विषयमा सम्बोधन गरेका थिए। सोही दिन नै लन्चिङ मेलम्ची डिजास्टर ड्यामेज एसेसमेन्ट रिपोर्ट कार्यक्रममा पनि मन्त्री महतोले सम्बोधन गरेका थिए।

डिसेम्बर ५ मा भने उनले नेपाल्स मिटिगेसन इफोर्टस्ः रोड टू नेट जिरो कार्यक्रममा र स्केलिङ अप इन्भेस्टमेन्ट इन एडप्टेसन दयाट लिभ्स नो वन बिहाइन्ड नामक कार्यक्रममा सम्बोधन गरेका थिए। डिसेम्बर ६ मा बिल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसनः पिपुल, नेचर, एन्ड एक्सन कार्यक्रम र लोकल्ली लेड एडप्टेसन प्राक्टिस इन नेपाल कार्यक्रममा सम्बोधन गरेको मन्त्रालयले जनाएको छ।

मन्त्री महतोकाअनुसार कोप २८– नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि डिसेम्बर ८ सम्म २५ वटा साइड इभेन्ट्स सञ्चालन भएका थिए। आगामी दिनमा यही पेभेलियनमा १४ वटाभन्दा बढी साइड इभेन्ट्स हुने पनि उनले जानकारी गराए।

ad
ad