१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Tuesday, 21 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ८ मंगलबार १२:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

नेपाललाई पहिलो सफलता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १२:४६:oo

नेपालले वेस्ट इन्डिज ‘ए’ टोलीविरुद्ध तेस्रो टी–२० क्रिकेट प्रतियोगितामा पहिलो सफलता हात पारेको छ। 

त्रिवि क्रिकेट मैदानमा बुधबार पहिलो ब्याटिङ गर्ने निर्णय लिएको वेस्ट इन्डिजले ओपनर अलिक अथनाजेलाई रनआउटको रूपमा गुमाएको थियो। इनिङ्सको ३.१ ओभरमा अलिक रनआउट भएका थिए। 

उनले १० बलमा एक छक्का र दुई चौकाको सहयोगमा १७ रन जोडे। अहिले क्रिजमा जोनसन चार्ल्स र एन्ड्रे फलेचर छन्। जोनसनले १९ बलमा दुई छक्का र चार चौका प्रहार गरी ३३ रन बनाएका छन्।

फलेचरले १ बलमा एक छक्का प्रहार गरेका छन्। पाँच खेलको सिरिज १–१ को बराबरीमा छ। इतिहासमै पहिलोपटक वेस्ट इन्डिजको ‘ए’ टोलीले नेपाल भ्रमण गरिरहेको छ। 

नेपाल र वेस्ट इन्डिजले विश्वकपको तयारीस्वरूप यस खेललाई लिएका छन् । वेस्ट इन्डिजले पाँच ओभरमा एक विकेट गुमाएर ६४ रन बनाएको छ ।

ad
ad